नवलपरासी । लुम्बिनी चिनी मिल पुनः संचालनमा आउने भएपछि पश्चिम नवलरासी सुनवलका स्थानीयहरुले प्रदुषण नियन्त्रण गर्नुपर्ने लगाएतका विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालयनमा ज्ञापन पत्र वुझाएका छन् । विगतका वर्षहरुमा चिनी मिलको प्रदुषणले आक्रान्त वनेका स्थानीयले वातावरण प्रदुषण नियन्त्रण संघर्ष समितिनै बनाएका छन् ।
संघर्ष समितिले चिनि मिलले वातावरणीय र सामाजिक दायित्वनै पूूरा नगरी पुनः संचालनको तयारी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख सागरमणी पाठकलाई ज्ञापन पत्र बुुझाएको हो । वि।स। २०६३ सालमा लुम्बिनी चिनी मिल र तत्कालिन सात राजनितिक दल र स्थानीय सरोकारवालाहरु बीच भएको समझदारीको कुनै वास्ता नगरी पुनः संचालन गरेकोप्रति गम्भिर ध्यनाकार्षण भएको संघर्ष समितिले जनाएको छ ।