Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

प्रादेशीक आयुर्वेद अस्पतालमा सेवा सुविधा बढ्दै

कार्तिक ४

प्रादेशीक आयुर्वेदिक अस्पतालमा पछिल्लो समय सेवा सुविधा बढ्दै गएका छन् । अस्पतालमा पछिल्लो समय अल्ट्रासाउन्ड र एक्सरे सेवा सुरु भएको छ । यस अघि सेवा सञ्चालनका लागि भौतिक पूर्वाधार थिएन ।

भौतिक पूर्वाधार र जनशक्ति दुवै प्राप्त भएपछि सेवा सुरु गरिएको अस्पतालका निमित्त निर्देशक रामकामेश्वर ठाकुरले जानकारी दिनुभयो । अस्पतालमा सेवा सुविधा बढ्दै गएपछि बिरामीको संख्यामा पनि उल्लेख्य मात्रामा वृद्वि भएको निर्देशक ठाकुरले जानकारी दिनुभयो ।

दुई वर्ष अघि दैनिक चार पाँचजना बिरामी आउने अस्पतालमा हाल दैनिक एक सय बढि बिरामी आउने गरेका छन् । अस्पतालमा बिरामीको संख्या बढेसँगै सरकारले निशुल्करुपमा वितरण गर्ने ३३ प्रकारका आयुर्वेदिक औषधी वितरणमा समेत समस्या भएको छ । औषधीका लागि मात्रै ५० लाख खर्च हुने अस्पतालका निर्देशक ठाकुरले बताउनुभयो ।

१७ प्रकारका औषधी अस्पतालले नै उत्पादन गर्ने गरेको छ । अस्पतालले उत्पादन गर्दा अन्यत्रबाट गरिएको खरिद मूल्यभन्दा ६० प्रतिशत सस्तो पर्ने गर्दछ । अस्पतालमै रहेका मेसिनको प्रयोग गरि औषधी उत्पादन गर्ने गरिएको छ ।

अस्पतालले अविपत्तिकर, सेतो पलादि, गुरुची, अर्जुन, वासा, अश्वगन्धा, शतावरी, त्रिफला, त्रिकटु लगायतका आयुर्वेदिक चूर्ण उत्पादन गर्ने गरेको छ । विगतमा दैनिक पाँचजना बिरामी आउँदा पनि औषधीका लागि दशलाख विनियोजन भएको र हाल दैनिक एक सय बढि आउदा पनि १० लाख बजेट विनियोजन हुँदा व्यवस्थापनमानिकै सकस परेको अस्पतालका निमित्त निर्देशक रामकामेश्वर ठाकुरले बताउनुभयो ।

अस्पताललाई यस अघि केन्द्रले बजेट दिदै आएको थियो भने अबभने प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । अस्पतालमा ३५ जनाको दरबन्दी भएपनि हाल २२ जनामात्र जनशक्ति रहेको छ । ९ जना कार्यालय सहयोगी भएपनि अस्पतालमा तीन जना मात्र जनशक्ति रहको छ ।

अस्पतालमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ, बाल रोग, कायचिकित्सा, जनरल ,एनोस्थियाको दरबन्दीरहेपनि हाल सामान्य चिकित्साको एक जना, अल्ट्रासाउन्डका लागि एक जना बालरोग विशेषज्ञ गरी तीन जना मात्र डाक्टर रहेका छन् ।

क्षारसूत्रबाट शल्यक्रिया गराउन महिनौं अघि दर्ता

अस्पतालमा क्षारसूत्र विधिबाट पाइल्स, फिस्टुलाको अपरेसन सुरु भएसँगै एक वर्षमा एक सय पचास जनाको शल्यक्रिया भएको छ । अस्पतालले प्रत्येक हप्ताको सोमबार र बिहिबार पाइल्स, फिस्टुलाको शल्यक्रिया गर्ने गरेको छ ।

एक दिनमा तीनजनाको शल्यक्रिया हुने गरेको छ । शल्यक्रियाका लागि बिरामीको सङ्ख्या बढेपनि जनशक्तिको अभावमा काम गर्न कठिनाई भएको अस्पतालका निर्देशक डाक्टर रामकामेश्वर ठाकुरले जानकारी दिनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...