नेपाल समूहले केपी शर्मा ओलीलाई दिए दिउँसो ४ बजे सम्मको अल्टिमेटम

जन आवाज अनलाई काठमाण्डौ

पार्टी भित्रको विवाद समाधानका लागि सहमतिमा आउन नेता माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अल्टिमेटम दिएको छ।

आफ्नो पक्षको माग सम्बोधनका लागि दिउँसो ४ बजे सम्मको अल्टिमेटम दिएको नेता भीम रावलले जानकारी दिए। ‘हामीले ४ बजे सम्मको समय दिएका छौँ। त्यो समय भित्र माग सम्बोधन नभएर हामी सामूहिक राजीनामा दिन्छौँ’ उनले भने।

नेता नेपालसँग ओलीको वार्ता तय भएपनि दिउँसो ४ बजेअघि पार्टीलाई ०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने उनले बताए। त्यसो त पार्टीभित्रको विवाद समाधानका लागि ओली लचिलो बनेका छन्।

आजै विहान स्थायी कमिटी बैठक राखेर नेता नेपाल सहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेमाथि लगाइएको कारवाही फुकुवा गरिसकेका छन्। कारवाही फुकुवा गर्नुले एकताको सम्भावना बलियो बनेको नेताहरुले प्रतिक्रिया दिइरहेका छन्।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...