वाणगंगा नगरपालिकाको विज्ञप्ति प्रति युवा अभियान्ता भुषालको ध्यानाकर्षण

जितपुर कपिलवस्तु ।

बाणगंगा नगरपालिकाले निर्माण गरेको बुङ्चि आईसोलेसन सेन्टरको विषयमा सामाजिक सँंजालमा आफ्नो अभिव्यक्ति दिनुभएको रमेशचन्द्र भुषाले नगरपालिकाको निर्णय प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

बैशाख २९ गते बुधबार नगरपालिकाको कार्यालयबाट भुषालको नाममा निकालीएको ध्यानाकर्षण पत्रले आफ्नो पनि ध्यानाकर्षण भएको उहाँले आज एक विज्ञप्ति मार्फत उल्लेख गर्नुभएको हो । भुषालले विज्ञप्तिमा भन्नुभएको छ , “बाणगंगा नगरपालिका प्रमुख मंगल प्रसाद थारु द्वारा हस्ताक्षरित बिज्ञप्तिमा मैले मेरो सामाजिक संजाल फेसबुक मार्फत बाणगंगा नगरपालिकाद्वारा संचालित आइसोलेसन सेण्टरको बयबस्थापनमा केही कमी भएको छ, त्यसलाई थप व्यवस्थित गर्नु आवश्यक छ भन्ंने “विषयबस्तु” रहेका २ वटा भिडीयोहरूका शब्दहरूलाई अतिरंजित गरी महत्वका साथ टिप्पणी गरीएको महसूस भएको छ। आफ्नो कमी र कमजोरीलाई सुधार गर्नु, र गरौ भंने भावनालाई कदर गर्नुको साटो, कमजोरीलाई लूकाउने अस्त्रको रूपमा उक्त विज्ञप्तिको प्रयोग गरीएको हो कि भंने आशंका लागेको छ किनकी एकाकार र एकामुख आवाजले साचीनै जनआवाज उठाऊनु गलत हो भंने तथ्यलाई प्रमाणित गरेको छ। महामारी बाट सबैलाई बचाऊने प्रयत्नमा सबैप्रतिनिधिहरुको लायकीपनको अपेक्षा राखीनु गलत पक्का पनी होईन होला त्यसैले सो बिषयमा पुन सचेत बनाऊँन चाहांछु। उहाँले विज्ञप्तिमा भन्नुभएको छ ।

अहिले कोभिड–१९ को दोश्रो भेरियंटको कारण घरभित्र बस्नुपर्ने, आर्थिक र सामाजिक रूपमा सबैले क्षति भोग्नुपर्ने स्थिति रहेका कारण सबैभन्दा पहिले बाच्न पाउने अधिकार वा जिवन रक्षाको अधिकारबाट प्रकृतिले नै अपठारो स्थिति श्रिजित गराएको पनि उहाँले उल्लेख गर्नुभयो ।

नगरपालिका बाट प्रेषित बिज्ञप्तिमा उल्लेख गरीए बमोजीमको भाषिक र शाब्दिक टिप्पणी देखीएहोलान तर भिडियोहरूको भाव र मर्मलाई हेरी आलोचना, गाली गलोज, मानमर्दन र निम्नस्तरको ब्यबहार प्रकट गर्नु हामी जस्ता सामाजिक अभियंताको अभीष्ट कहिलेपनी नरहने र कमजोरीलाई सुधारको लागी आवाज उठाऊने, सुझाव दिने, सहायोग र सहकार्य गर्नेकाम कर्तव्यपनी हो भंने कर्तव्यबोध मैले गरेको ब्यहोरा सम्बंधित पक्षलाई जानकारी गराऊदछू। उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

बिपदका बेला यस क्षेत्रका विभिन्न संघ संस्थाहरू मिलेर अक्सिजन बैंक संचालन गरीरहेको जनाउँदै उहाँले अक्सिजन अभावले कसैको ज्यान जोखिममा पर्नु नपरोस भनी स्वयंसेवी भावनाबाट प्रेरीत बनी आफ्नो परिवार र ज्यानको प्रबाह नगरी सत्कर्म र मानवीय सेवामा आफु लगायत धेरै जना अभियंताहरू जिवनरक्षाको युद्दमा रहेको पनि जानकारी दिनुभएको छ ।

नगरपालिकाको विज्ञप्तिले आफु र आफ्नो टीमलाई थप आत्मबल प्रकट गरेको र थप सेचत बनाएको पनि भुषालले उल्लेख गर्नुभयो ।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...