४५ औ दिनको अवसर पारेर स्वर्गीय पार्वती बरालका नाममा अक्षय कोषको स्थापना

जन आवाज अनलाईन कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिका ७ निवासी सुर्य प्रसाद वरालले र छोरीहरुले स्वर्गीय पार्वति बरालका नाममा अक्षय कोष स्थापना गरेका छन् ।
बरालकी श्रीमती स्वर्गीय पार्वती वरालको सवारी दुर्घटना परि केही महिना अगाडि बुटवल स्थीत तिनाउ इन्टरनेश्नल हस्पीटल  प्रा.लिमा अल्पायुमै ज्यान गुमाउनु भएको थियो । आज उहाँको देहसान भएको आज ४५ औ दिनको अवसर पारेर आज बाणगंगा ७ बनगाईमा रहेको शिवालय मन्दिरलाई १५ हजार रकम मन्दिरका अध्यक्ष शिवचन्द्र आचार्यलाई प्रदान गरेको मंन्दिर व्यवस्थापन समितिले जनाएको छ । छोरी सुस्मिता र समिक्षा सहित सुर्य वराल रकम हस्तान्त्रण गर्न आचार्य कहाँ पुगेका थिए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...