फ्रन्टलाईमा खटेर काम गर्ने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकहरुलाई लायन्स क्लब अफ बाणगंगाद्धारा स्वास्थ्य सामाग्री प्रदान

जन आवाज अनलाईन

कोरोना महामारीको यस विसम परिस्थीतीमा फ्रन्टलाईमा खटेर काम गर्ने  स्वास्थ्यकर्मीका  र एम्बुलेन्स चालकहरुलाई लायन्स क्लब अफ बाणगंगाले स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
स्वास्थ्य कर्मी तथा एम्बुलेन्स चालकहरुको मनोवललाई उच्च वनाई राख्न वाणगंगाका युवा अभियानता तथा वाणगंगा अक्सीजन बैकका संयोजक समेत रहनु भएका रमेश चन्द्र भुषालले बाणगंगा नगरपालिकाद्वारा संचालित सिद्धार्थ क्याम्पसको आइसोलेसन सेण्टरमा बुटको अभाव भएको सुने पश्चात , १० सेट बुट प्रदान गर्दै स्वास्थ्य सामाग्री आवश्यकता परेको खण्डमा वाणगंगा अक्सीजन बैक तथा लायन्स क्लव वाणगंगाको तर्फवाट सामाग्री प्रदान गर्ने भुषालले वताउनु भयो ।
भुषालले युवाको नेतृत्व गर्दै कोरोना महामारीबाट कसैले ज्यान गुमाउन नपरोस भनी आफनो संस्थाको तर्फबाट धेरै उदाहरणीय काम गर्दै आउनु भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...