अस्पतालमा रगतको अभाव छ, आउनुस रक्तदान गरौ

बिगत १ महीना देखी covid को दोश्रो लहरबाट बाणगंगाबासी सहित जिल्लाबासीलाई कसरी सुरक्षित बनाऊँन सकिंछ भनेर करिब ८००० जनालाई मास्क वितरण, १०० जना संक्रमितलाई अक्सिजन सेवा, ५५ पिंट रगत जम्मा पारी रक्तसंचारकेंद्र बुटवललाई हस्तांतरण र २७३ सक्रिय संक्रमितहरूलाई घरघरमा कोशेली लिएर भेटघाट तथा आत्मबल निर्माण गर्ने अभियानसहित गतीबिधीहरू संचालन गरीरहेका युवाहरूले १० दिनको छोटो अवधिमा जिल्लाका अस्पतालहरूमा रगत अभाव हुन नदीन, रक्तदानको आयोजना गरिएको कार्यक्रम अभियानका संयोजक युवा अभियंता रमेशचंद्र भुसालले बताऊँनु भएको छ। आफ्नो फेसबुक वालमा अभियंता रमेशचंद्र भुसालले १ महीने अभियानको बारेमा यस्तो लेखेका छन:

💛आंशिक सुखद महसुस! वैशाख १२ देखी अभियान शुरू गरेकोमा आज जेस्ठ १२ गते, १ महीनाको अभियानमा🙏🏻👏

८००० मास्क वितरण, १००जना covid संक्रमितलाई अक्सिजन सेवा, ५५ पिंट रगत संकलन, २७६ जना संक्रमितलाई प्रत्यक्ष भेटघाट तथा पौष्टिक आहार कोसेली प्रदान तथा कोरोनाको कारणले जिवन गुमाऊनु परेका ५ जनाको घरमा पुगेर,

सचेतनाको अभियान, सेवाको अभियान, रक्तदानको अभियानले र आफ्नोपनको आभास दिलाऊँन सकेकोमा आंशिक ख़ुशी मिलेको छ। कोरोना संक्रमितहरूलाई गरीएको दुर्व्यवहार, सामाजिक अपहेलेना र एक्लोपनका अनुभव संक्रमितले बाडेको बेला, धेरै मन भक्कानीयो पनी, भावुकपनी बनायो। स्थानीय उधोगी, ब्यापारी, बुद्धिजीवी, समाजसेवी, संघसंस्था, पत्रकार, मीडिया, बिध्यार्थी, राजनीतिककर्मी, सुरक्षाकर्मी, घरपरिवार, आफंत र मेरा विदेशमा रहेका बिध्यार्थी, शुभचिंतक, सामाजिक संजाल प्रयोगकर्ताको ऊर्जाले थप योजना सहित अगाडी बढ्ने प्रेरणा मिलेको छ। आंशिक गतिविधिमा जोडिने स्थानीय संघसंस्था Ssdc,lc Kapilbastu, बाणगंगा यातायात, नेपाल किसान ट्रेक्टर समिति, सिद्दीपुर युवाक्लब, टोलबिकाश संस्थाहरू, स्वास्थ्यकर्मी रेडक्रस, संघ संगठन, Leo, युवा, रक्तदाता, donor , बाणगंगा नगरपालिकाका आंशिक जनप्रतिनिधिहरू तथा कपिलबस्तु जेसीजका साथीहरू र Lions Banganga का अभियंताहरूको दैनिक सक्रियता तथा साझेदारीले धेरै सहजरूपमा यो अभियानलाई संचालन गर्न मद्दत पूर्याएकोले, अभियानको शक्तिको सम्पूर्ण श्रेय तपाईहरूलाई नै अर्पण गर्दछू। जिवनमा धेरै कर्तव्य रहेछन त्यो मध्येको एकशुरूवातको रूपमा लिएको छू। एकमहीने अभियान आज पूरा भएपनी , २०७८/०२/१४ मा पून पहिलो महीनाको सामाजिक अडिट तथा दोश्रो आकस्मिक रक्तदान सहित थप योजनामा क्रियासिल हुनेछौ।

रक्तदानमा सहभागीहुन युवा अभियंता प्रवीण पौडेलले संयोजकको भूमिका लिएको अर्का अभियंता खिमानंद पौडेल कपिलले बताए , कार्यक्रम जेसीज सचिवालयमा २०७८ जेस्ठ १४ गते बिहान ८ बजेदेखी हुने बताईएको छ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...