केन्द्रीय तथ्यांक विभागले ५२ हजार बेरोजगार युवालाई अवसर प्रदान गर्ने

कात्तिक ४ 

राष्ट्रिय जनगणना २०७८ का लागि ५२ हजार बेरोजगार युवाले अवसर पाउने भएका छन् ।

केन्द्रीय तथ्यांक विभागले आइतबार राष्ट्रिय जनगणना २०७८ को लोगो तथा मुल नारा सार्वजनिक गर्दै राष्ट्रिय जनगणनाका लागि ५२ हजार पाँच सय ४२ जना गणक र सुपरीवेक्षको नयाँ भर्ना गर्ने बताएको हो।

विभागका अनुसार ५४ हजार ४ सय १३ जना जनशक्ति आवश्यक पर्नेमा ४३ हजार २ सय ७७ गणक र ९ हजार ६ सय ६५ सुपरीवेक्षकको नयाँ भर्ना गरिने छ। अन्य दुई हजार जनशक्ति भने सरकारी कर्मचारी नै हुनेछ।

विभागका जनसंख्या निर्देशक ढुण्डीराज लामिछानेले उच्च शिक्षा हासिल गरेका स्थानीय बेरोजार युवाहरुलाई तीन महिनाका लागि गणक र सुपरीवेक्षकका लागि भर्ना गरिने बताए । खबर कारोबार दैनिकमा छापिएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...