वैद्य नेतृत्वको माओवादीद्धारा उपनिर्वाचन बहिस्कारको घोषणा

वाणगंगा अनलाईन, कार्तिक ४

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले मंसिर १४ गते हुने उपनिर्वाचन बहिस्कार गर्ने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता सीपी गजुरेलले पार्टीले र देशभक्त जनगणतान्त्रिक मोर्चाले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय लिएको जानकारी गराए ।
नेकपा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा नामको मोर्चा संगठन बनाएर स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएको थियो । पहिले भाग लिइसकेको निर्वाचन अहिले किन बहिस्कार गर्ने भन्ने प्रश्नमा नेता गजुरेलले भने ‘निर्वाचनलाई पार्टीले रणनीति नभई कार्यनीति मान्दछ । कार्यनीति अन्तर्गत कहिले भाग लिने कहिले नलिने हुन्छ ।’ नेता गजुरेलले आफूहरुले अहिलेको संविधान, सरकार र व्यवस्थाकै विकल्प खोजेको बताए ।(अनलाईन खबरबाट)

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...