नेपाल र चीनबिचको सहमति सम्झौता असंवैधानिक : प्रमुख सचेतक खाँण

बुटवल, ४ कात्तिक ।

नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले चीनीयाँ राष्ट्रपति सि चीनपिङ र नेपालका राष्ट्रपति बिद्यादेवी भण्डारी बिचको दुई देशीय सहमति र समझदारी पत्रमा भएको हस्ताक्षर असंवैधानिक भएको टिप्पणी गर्नुभएको छ ।
नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका वडा नं. ११ ले सोमबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता खाँणले चीनसंग मैत्रीपूर्ण सम्बन्ध रहेपनि पछिल्लो समय चीनले नेपालमा चीनीया कम्पुनिष्ट शासन व्यबस्था सञ्चालन गर्न खोजेका प्रति असहमती प्रकट गर्नुभयो ।
उहाँले चीनका राष्ट्रपति सि कार्यकारी र नेपालकी राष्ट्रपति भण्डारी सेरेमोनियल भएका कारण दुई राष्ट्रपति बिचको सहमति तथा समझदारी पत्रमा भएको हस्ताक्षर असंवैधानिक भएको बताउनु भएको हो । उहाँले संबिधानले नेपाल सरकारलाई कार्यकारी जिम्मेवारी प्रदान गरेकाले सरकारको तर्फबाट सेरेमोनियल राष्ट्रपतिले सहमति समझदारी पदत्रमा हस्ताक्षर गर्न निमल्ने बताउनु भयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहनुभएका नेता खाँणले चीनीया राष्ट्रपतिसंग नेपालका प्रधामन्त्रीले सहमति तथा सम्झौतामा हस्ताक्षर गरेको भएमात्रै संवैधानिक मान्न सकिने उल्लेख गर्नुभयो । ‘एउटा कार्यकारी राष्ट्रपतिसंग अर्को सेरेमोनियल राष्ट्रपतिले संवाद गर्न सक्छ ।’ उहाँले भन्नुभयो । उहाँले राष्ट्रपति तथा अहिलेको कम्युनिष्ट सरकारले संविधानलाई भत्काएर एकदलीय सामान्तवाद ल्याउन खोजेको उहाँले आरोप पनि लगाउनु भयो । कम्युनिष्ट शासन नेपाली जनताकाप्रति स्वीकार्य नभएकाले त्यस्तो कुचेष्ठा नगर्न र असफल भईसकेका प्रधानमन्त्री केपी ओलीलाई धेरै भिटामिन नखुवाउन पनि उहाँले चीनीया सरकारलाई आग्रह गर्नुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...