वाणगंगा नगरपालिकाको एउटा सिंगो टोल नै ठगिएको रहस्य बाहिरियो ।।

कात्तिक ४ कपिलवस्तु

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाको एउटा सिँगो गाउँ नै ठगिको चपेटामा परेको रहस्य बाहिरिएको छ ।
जिल्लाको बाणगंगा नगरपालिका वडा नं ६ स्थित खुटेनी गाउँ नै लामो समय देखि आधिकारीक रुपमा जग्गाको हक बाट बञ्चित अवस्थामा गुज्रिरहेको छ । सोहि स्थानकी एक ७५ वर्षिया नन्दकला के.सी लाई २० वर्ष देखि एउटै पिरलोले सतार्इ रहेको छ । के.सी जस्तै सो स्थानका २१ घर परिवारलाई आफु बस्ने थलो कहिले नितिगत रुपमा आफ्नो नाममा होला भन्ने चिन्ता छ । उनीहरु विगत ४३ वर्षदेखि पुर्जाको खोजिमा भौतारिएका छन् ।  

सोही विषयमा पिडितको संघसर्ष समितीले आज खुटेनीमा पत्रकार सम्मेलन गरी यो विषयलाई गम्भिरताका साथ लिई आफूहरु संघर्षमा लाग्ने जनाएको छ । कपिलवस्तुको खुटेनीमा जग्गा खरिद गरि बसाई सरेका सिंगो गाउँ नै ठगिएका हुन ।

वि.सं.२०३३ सालमा तत्कालिन काठमाण्डौ नगरपालिका वडा नं १६ का अनकमान शेरचनबाट जग्गा खरिद गरि सम्पुर्ण रकम चुक्ता गरेको भएपनी सो को मालपोतबाट पुर्जा कायम हुन अझै सकेको छैन् । तत्कालिन समयमा डम्बर बहादुर थापा , मान बहादुर थापा , पुर्ण बहादुर थापा , र डिल बहादुर कार्कीले १ विगाह १९ कट्ठा साढे १२ धुर, जग्गाका लागि प्रति कठ्ठा ५ हजारका दरले खरिद गरेको पिडितका छोरा एवम् सघर्ष समितिका अध्यक्ष यम बहादुर थापाले बताउनुभयो ।

उहाँ सगै स्थानियले अनकमान लाई रकम बुझाएको भरपाई कागज देखाउदै, रजिष्टेशन पास गरिदिने आश्वासनमा बस्दै आएको गुनासो गरे । उता अनकमान भने बेलायतमा बस्दै आएका थिए । ०५८ सालमा चन्द्र प्रकास श्रेष्ठले १५ कठ्ठा ४ धुर रजिष्टेशन पास गरिदिएको भए पनी अन्य आफुहरुले लिएको जग्गा भने हालसम्म कुनै टुङ्गो नलागेको सचिव रमेश खत्रीले गुनासो गरे । आज पत्रकार सम्मेलनमार्फत उनीहरुले आफूहरुले न्याय पाउनुपर्ने बताएका छन् । हाल जग्गा पाउँने आशमा बस्दै गर्दा यस स्थानमा १० वटा पक्की र अन्य गरी २१ घर निर्माण भैसकेका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...