पाणिनि गाउँपालिकामा प्रदेश मन्त्रीहरूको टोलिद्वारा अनुगमन ।

अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा प्रदेश मन्त्रीहरूको टोलिद्वारा अनुगमन भएकाे छ । प्रदेश सभा अन्तर्गत स्मार्ट कृषि गाउँकाे अनुगमन प्रदेश सभाबाट गरिएको हाे ।

प्रदेश सभा सदस्यहरू कृष्णध्वज खड्का, दिपेन्द्र पुन, कमल श्रेष्ठ, कविराम थारू, संसदिय सचिवालय अधिकृत ललिता रिजाल, कृषि ज्ञान केन्द्रका प्रमुख देवेश कुमार मिश्र, पशु चिकित्सक विष्णु पाैडेल लगाएतले कार्यक्रमकाे अनुगमन गर्दै कार्यक्रम प्रभावकारी रहेकेा बताउनु भयो । उहाहरूले चालू आर्थिक वर्षमा पनि स्मार्ट कार्यक्रम सञ्चालन हुने भएकाले थप सक्रिय भएर लाग्न कार्यान्वयन समिति र कृषकहरूलाई आग्रह गर्नु भयो ।

कार्यक्रम सिद्वेश्वर स्मार्ट कृषि गाउँ कार्यान्वयन समितिका अध्यक्ष पुष्कर पाैडेलकाे अध्यक्षता, पत्रकार घनश्याम पाैडेलकाे सञ्चालन रहेकाे कार्यक्रममा सल्लाहकार मणिराम पाैडेल, थानेश्वर पाैडेल लगाएतकाे उपस्थित रहेकेा थियाे ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...