Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

दाङमा दुई यात्रुबाहक बस एकापसमा ठोक्किँदा २२ यात्रु घाइते

कात्तिक ५

दाङमा दुई यात्रुबाहाक बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका–३ बर्गदुवाचोकमा घोराहीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ५ ख ३९५३ नम्बरको बस र लमहीबाट घोराहीतर्फ आउँदै गरेको लु१ख ९६७९ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते २२ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । सबै घाइतेको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...