Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

स्थानीय माथि डोजर चलाउदा आठजना घाइते, चालकसहित ४ जना पक्राउ

कात्तिक ५

सडक निर्माणमा विवाद भए पछि डोजर रोक्न उत्रिएका स्थानीयलाई बैतडीमा डोजर चालकले स्थानीय माथि डोजर चलाउदा आठ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणबारे विवाद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताउनुभयो।

डोजरको ‘थुतुनो’ले हान्दा गम्भीर घाइते हुनेमा स्थानीय ३५ वर्षीया गौरी जोशी रहनुभएको छ । उहाँको बैतडीमा उपचार हुन नसक्दा कोहलपुर रेफर गरिएको छ। अन्य घाइतेहरुमा सुरेन्द्र प्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी रहेका छन्। गौरा डोजरले हान्दा घाइते हुनुभएको हो।

सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणबारे दुई पक्षबीच कुरा नमिल्दा झडप पनि भएको थियो। सडक लैजान नदिने र सडक खन्नुपर्छ भन्ने पक्षबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ। सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण गर्न खोज्ने पक्षले जबरजस्ती आफूहरुको जमिनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले जानकारी दिनुभयो।

‘सडक निर्माण हुने ठाउँमा देवताको गुठी थियो। यो बिषयमा सबै गाउँलेसँग सहमति गरेर अघि बढ्ने भने पनि अर्को पक्षले जबरजस्ती गरेको हो’, उहाँले भन्नुभयो। तर निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले भने डोजरमा एक्कासी ढुंगामुढा गरेको आरोप लगाउनुभएको छ।

सुण्न्नाखानदेखि पार्ससम्म जोड्ने सडकका बिषयमा पहिलादेखि विवाद थियो। एक्कासि आफूहरुको जमीनमा डोजर चलाउँदा झडपको स्थिति आएको स्थानीय दुर्गादत्त जोशीले जानकारी दिनुभयो। जबरजस्ती सडक बनाउन थालिएपछि विरोधमा उत्रिएकी गौरा जोशीलाई डोजरले फालेपछि झडपको स्थिति आएको बताइएको छ।

तर सडक निर्माणमा जुटेको पक्षले भने सडक खन्दा एक्कासि डोजरमा ढुंगामुढा गरेपछि झडपको स्थिति आएको जनाएको छ। सडक निर्माण गरिरहेको डोजरमा एक्कासि ढुंगामुढा गर्दा झडप भएको सडक निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले जानकारी दिनुभयो।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...