Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न एक फलफूलको बोट रु दशको नोट कार्यक्रम सुरु

कात्तिक ५, 

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रतिबिरुवा दश रुपैयाँ दिने भएको छ ।

गाउँपालिकाले यस आर्थिक वर्ष २०७६र७७ देखि किसानले हुर्काएको फलफूलको प्रतिबिरुवा दश रुपैयाँ दिने भएको हो ।

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न ुएक फलफूलको बोट रु दशको नोटु कार्यक्रम ल्याइएको बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, ुइच्छाकामनाको भूगोलमा फलफूल खेतीको राम्रो सम्भवना छ, किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न एक फलफूलको बोट रु दशको नोट कार्यक्रम ल्याएका छौँ ।ु

गाउँपालिकाले व्यावसायिक फलफूलखेती गर्नेका लागि दुई सयदेखि पाँच सय बोटसम्म अनुदान दिँदै आइरहेको छ । ती बिरुवा सफलताका साथ हुर्काउने व्यावसायिक किसानलाई प्रति बिरुवा दश रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङको भनाइ थियो ।

गाउँपालिकामा सुन्तला, कागती, नास्पातीलगायतको फलफूलको उत्पादन राम्रो हुने गरेको छ । साथै बाँझो जमीन भाडामा लिई व्यावसायिक खेती गर्ने किसानलाई एक लाख रुपैयाँ, तीन दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख, व्यावसायिक बाख्रापालक किसानलाई ६० हजार रुपैयाँसम्मको अनुदान उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...