वागेश्वरीको १० औँ साधारणसभा सम्पन्न

रामबहादुर गन्धर्व कात्तिक ५ कपिलवस्तु

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ६ स्थित वागेश्वरी सामुदायिक वनको १० औँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।

वडा नम्बर ६ स्थित वनको कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवम् वडा अध्यक्ष सुकदेव थारुले साधारण सभाको उद्घाटन गर्दै सबैको सहयोगबाट सामुदायिक वनको सफलता हुने भन्दै आवस्यक सहयोगका लागि वडाको तर्फबाट आफू सदैव तयार रहेको बताउँनुभयो ।

त्यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष भिष्मराज भुषालले वडाको जनसंख्या अनुसार वनको क्षेत्रफल कम भएका कारण सोहि अनुपातमा उत्पादनमा समस्या भएको हुँदा वनको विकास सँगै उत्पादनमा जोडदिनुपर्ने बताए । सम्पन्न साधारणसभामा वनका कोषाध्यक्ष लेमबहादुर गुरुङले ५५ लाख ७९ हजार ७ सय १३ रुपैँया ३३ पैसा सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने समितिका सचिव निर्मला चौधरीले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रम वागेश्वरी सामुदायिक वनका अध्यक्ष कल्लु थारुको अध्यक्ष्ता रहेको कार्यक्रममा स्थानिय समाजसेवी , बुद्धिजिवी सहित विभिन्न सामुदायिक वनका प्रतिनिधिहरु, वडा नम्बर ५ र ६ का जनप्रतिनिधिहरु, वन उपभोक्ताहरु, लगाएत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो । साधारणसभा कार्यक्रम वनका उपाध्यक्ष भरतकुमार कार्कीको स्वागत तथा सचिव निर्मला थारुको संचालनमा सम्पन्न भएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...