कार्यपालिका बैठक : वडा नं. ७ मा पशु हाटबजारको स्विकृति

राजेन्द्र खनाल, कात्तिक ५ कपिलवस्तु

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाको नियमित कार्यपालिका बैठकले नगरको लोगो निर्माण गर्न आज नगरको सामाजिक विकास समितिलाई जिम्मेवारी प्रदान गरको छ । आज बसेको कार्यपालिका बैठकले वाणगंगा नगरपालिकाको लोगोको डिजाईन गर्न सामाजिक विकास समितिका सभापति भिष्मराज भुषालसहितको समितिलाई सो जिम्मेवारी प्रदान गरेको हो ।

त्यस्तै नगरमा संचालित म सफा गर्छू मेरो नगर कार्यक्रमलाई अब हरेक महिनाको १ र १५ गते नियमित संचान गर्ने पनि भएको नगर प्रवक्ता विष्णु पौडेलले बताउनुभयो । त्यस्तै कार्यपालिका बैठकले नगरको वडा नम्बर ९ को जिनुवा र बर्दहवालाई औधोगिक ग्रामको स्थापना गरि संचालनका लागि स्थान पनि छनौठ गरेको छ । नगरभित्रको फोहोरलाई स्थायी व्यवस्थापन गर्न र बसपार्क निर्माणका लागि स्थान पहिचान गर्न उपमेयर चक्रपाणी अर्यालको संचयोजकत्वमा समिति गठन गरिएको छ ।

त्यस्तै बैठकले नगरको चालु वर्षको योजना फर्साैटका लागि आर्थिक वर्षको जेष्ठ ७ गते भित्र योजनाको काम सम्पन्न गरि निकासा लिइसक्नुपर्ने पनि निर्णय गरको छ । नगरपालिका भित्र पशु हाटबजार निर्माण पनि हुने भएको छ । त्यसका लागि वडा नम्बर ७ को कोईली बनगाई चोकको पश्चिम र कोईली पुलको पुर्वी क्षेत्रमा सो हाटबजारका लागि निर्माण स्विकृती प्रदान गरको छ ।

यता नदिजन्य पदार्थको घाटगद्दि गर्न नसकिने भन्दै पाँच नम्बर प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयलाई जानकारी गराउने पनि निर्णय आजको कार्यपालिका बैठकले गरको प्रवक्ता पौडेलले रेडियो वाणगंगा सँग बताउँनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...