गोली हानी व्यवसायीको हत्या गर्ने  एक जना प्रहरीको नियन्त्रणमा

कात्तिक ६

जनकपुरमा गोली हानेर एक जनाको हत्या गरिएको छ । जनकपुरधाम उपमहानगपालिका १ का अन्दाजी ४० बर्षीय मनोज साहलाई मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट गोली हानी हत्या गरेका हुन । साहको गोली लागेर घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

साहले जनकपुरस्थित शिव आयल पेट्रोल पम्प सञ्चाल गर्दै आउनुभएको थियो । साहको शव जनकपुर अञ्‍चल अस्पतालमा राखिएको छ। पैसा माग्न जाँदा चौधरीले साहामाथि गोली हानेको प्रहरीले जनाएको छ। गोली हानी हत्या गर्ने चौधरीलाई प्रहरीले पेस्तोलसहित घरैबाट पक्राउ गरेको जनाएको छ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...