Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

जनतालाई दिएका वाचा पुरा गरे नगर प्रमुख अधिकारी ।।

गणेश पोखे्रल

शितगंगा नगरपालिकाको वाड नम्बर ९ र १० अन्तरर्गत तल्लो सिद्धारा,  बाघखोरका क्षेत्रमा विद्युत उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेको प्रमुख आतिथ्यता तथा शितगंगा नगरपालिकाका नगर प्रमुख सूर्य प्रसाद अधिकारीको विशिष्ट अतिथ्यता लगायत उपमेयर टिका रेस्मी ,वडा अध्यक्षहरु भिम केसी हिम्मत पोख्रेल लगायत बिभिन्न अतिथीहरुको उपस्थितमा त्यहाका स्थानियले आज बाट बिद्युत बाल्न पाएका हुन ।

स्थानियहरुले केही समय नगर प्रमुखलाई जानकारी गराए लगतै नगर प्रमुखले बिद्युत कार्यालय , जिल्ला प्रशासन कार्यालमा पुगेर स्थानियका माग राखे लगतैै बिद्युत कार्यालय , जिल्ला प्रशासन कार्यालले चासो दिएर पछि मात्र बिजुली बाल्न सफल भएकोमा स्थानिय हरु निकै हर्षित भएका छन ।

नगर प्रमुख अभिकारीको अगुवाई र स्थानिय युवा हरुको सकृय सहभागितामा बषै पछि त्यहाका १०४ घरधुरीले आज बाट बिजुली बाल्न पाउने भएका छन । सिद्धारा बिद्युत उपभोत्ता समिति नै गठन गरि सकृय सहभागिताका साथ काम गर्न सफल भएका सम्पुर्ण स्थानिय तथा यो काममा सहयो गर्न सबैको सफलता रहेको समितिका सचिव गोबिन्द रसायलीले जानकारी दिनु भयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...