Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

(नेकपा) बरिष्ठ नेता खनालले भने ‘सरकार पुर्नगठन गर्नुपर्छ

वाणगंगा अनलाईन कपिलवस्तु कत्तिक ६

सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सरकार पुर्नगठन गर्नुपर्ने बताएका छन् । जनताको लोकप्रियताका लागी पनि सरकारको पुर्नगठन गर्नुपर्ने अवस्था सृजना भएको उनले बताएका हुन् । दशै, तिहार, छठ एवं नेपाल संवतको अवसरमा नेकपा कपिलबस्तुले सदरमुकाम तौलिहवामा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्तममा उनले यस्तो बताएका हुन् ।

संविधानले परिवर्तनको सबै बाटो खुला गरेको बताउदै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले भने, ‘साम्यवादसम्म पुग्न संविधानले ढोका खुला गरेको छ ।’ नेपालमा ५६ वर्षमा जनवादी क्रान्ति सफल भएको बताउँदै नेता खनालले समाजवाद प्राप्तिका लागि तीनै तहको सरकारले इमान्दार भएर काम गर्नुपर्ने जिकिर गरे । उनले स्थानीय र प्रदेश तहमा निर्वा्चित प्रतिनिधिलाई प्रभावकारी रूपमा काम गर्न निर्देशनसमेत दिए । वैचारिक एकतापछि दुई पार्टीबीच राजनीतिक र सांगठनिक एकता भएकाले त्यसलाई कसैले पनि तोड्न नसक्ने उनको दाबी थियो ।

यसैबीच संघीय सरकारका कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल बलदेवले किसानहरुका लागी योगदान आधारित निबृत्तीभरणको ब्यबस्था लागु गरिने बताए । आगामी मंसिर महिनादेखि ‘कृषिमा युवा कार्यक्रम’ को शुरुवात गरिने मन्त्री खनालले सोहि कार्यक्रम मार्फत जानकारी दिए । अहिले किसानलाई गुमराहमा राख्ने गरि गरिमा धानको बिउ उत्पादन गर्ने कम्पनीलाई सरकारले कारवाही गर्ने समेत जनाए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...