नकआउट फुटबल भलवाडको तेस्रो दिन दुई खेल सकिए

वाणगंगा अनलाईन,कार्तिक ६

युवा शक्तिको एकता,आजको आवश्यकता भन्ने मूल नाराकासाथ हिन्दुहरुको महान चाड शुभ दिपावलीको पावन अवसरमा सिद्धार्थ गौतम युवा क्लवद्धारा आयोजित टोल स्तरीय नकआउट फुटबल प्रतियोगिता बाणगंगा ९ चौवाहमा सञ्चालन भइरहेको छ ।खेलको तेस्रो दिन आज भएको पहिलो खेल युनाइटेड युथ क्लव पडरिया ए सिद्धार्थ गौतम युवा क्लव वीच हुने खेलमा युनाइटेड युथ क्लव पडरिया ए अनुपस्थित भएपछि सिद्धार्थ गौतम युवा क्लव चौवाहको नेट गोल भई क्वाटर फाइनलमा गएको छ । त्यस्तै दोस्रो खेल चन्द्र सूर्य युवा क्लव बर्दहवा र लालीगुराँस युवा क्लव जिनुवा बीच भएको खेलमा सून्यका विरुद्ध ३ गोल गरी चन्द्र सूर्य युवा क्लव बर्दहवा क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै भोलिको पहिलो खेल बिहान १२ बजे सूर्यदय युवा क्लव पश्चिम जिनुवा र सिद्धार्थ गौतम युुवा क्लव चौवाह सी वीच हुने छ । दोस्रो खेल साहारा सिर्जनशिल युवा क्लव भलवाड र सिद्धार्थ गौतम युुवा क्लव चौवाह ए वीच हुने छ । बिजेता टीम प्रथम,द्धितियलाई नगद,कप,मेडल र ट्रफी प्रदान गरिने र खेल अवधिमा उत्कृष्ट गोल किपर, खेलाडी,डिफेण्डर सबैभन्दा बढी गोल हान्ने गोलकर्तालाई पनि पुरस्कृत गर्ने खेल संयोजक सुदर्शन थारुले जनाएका छन् । खेलमा १२ टीमको सहभागिता रहेको छ । खेल कार्तिक ९ गते विशेष साँस्कृतिक कार्यकमका साथ समापन हुने आयोजकले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...