दाङमा अज्ञात रोगका कारण बाख्रा मरे

वाणगंगा अनलाईन कात्तिक ७ दाङ

दाङको बबई गाउँपालिका वडानम्बर ७ मा अज्ञात रोगका कारण ६० भन्दा बढी बाख्रा मरेका छन् । अज्ञात रोगका कारण बाख्राहरु धमाधाम मर्न थालेपछि किसानहरु मर्कामा परेका छन् । केहि दिन अघिदेखि बाख्राहरु मरेका भएपनि किसानहरुले भने  उँपािलकामा खबर गरेका थिएनन् । अज्ञातरोगका कारण बाख्रा मरेको भन्ने खबर पाए लगत्तै बबई गाउँपालिकाको प्राबिधिक टोलीले औषधि उपचार र नमूना संकलनको कार्य शुरु गरेको छ ।

हिजो बुधबार बबइ गाउँपालिका र जिल्ला भेटेनरि तथा पशु सेवा बिज्ञ केन्द्रको सयुक्त टोलिले त्यस क्षेत्रमा पुगि स्थलगत रिर्पोट तयार पार्न सुरु गरेको छ । बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेल, उपाध्यक्ष साबित्रा बिश्वकर्मा वडान ७ का अध्यक्ष महाबिर चौधरी बबईगाउपालिका पशु शाखाका कर्मचारिहरु तथा जिल्ला भेटेनरि तथा पशु सेवा बिज्ञ केन्द दाङका पशु बिज्ञ प्राबिधिक धुर्ब बस्नेत र खडक केसीले हिजो बबई गाउपालिकाको वडान ७ को सिमलकुना र ढोलपुरमा पुगी रोगको उपचार तथा नमुना परीक्षण गर्ने कार्य गरेको हो ।

त्यस क्षेत्रमा करिब ४ हजार भन्दा बढि बाख्राहरु रोग बाट प्रभावित भएका छन । प्रभाबित बाख्राको उपचार भैरहेको हुँदा त्यस क्षेत्रका बाख्रालाई किनबेच गरि स्थानान्तरण र अन्य क्षेत्रका बाख्रालाई त्यस क्षेत्रमा नलैजान बबई गाउँपालिका पशुशाखाले अनुरोध गरेको छ ।

बबई गाउँपालिका भित्रकाकृषि सहकारीका पदाधिकारी सहितको बैठक आज बबई गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको छ । बबई गाउँपालिकाका कृषकहरुले उत्पादन गरेका बस्तुहरुको बजारिकरणको ब्यबस्थापनको लागी गाउँपालिका भित्रका कृषि सहकारीका पदाधिकारी सहितको बैठक सम्पन्न भएको हो । बबई गाउँपालिका अध्यक्ष भुवनेस्वर पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा बबई गाउँपालिकाका बिभिन्न सहकारीका अध्यक्षहरुको सकभागिता रहेको थियो ।

बैठकमा बबई गाउँपालिका उपाध्यक्ष साबित्रा बिस्वकर्मा, कृषि शाखा प्रमुख चन्द्रशोभा कँडेल, प्रसासन शाखा प्रमुख तेजे्रन्द्र घर्ति लगाएतकाको सहभागिा रहेको थियो । बैठकले बबई गाउँपालिका भित्रका कृषकले उत्पादन गरेका कृषि उपज बस्तुको बजारिकरणको लागी आगामि मंसिरमा कृषि सम्मेलन गर्ने निर्णय गरेको छ । सम्मेलनको तयारी स्वरुप आगामि कार्तिक २५ गते तयारी बैठक गर्ने पनि बैठकले निर्णय गरेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...