सरकारले कात्तिक १३ गते पनि सार्वजनिक विदा दिएको छ । तिथि अनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ ।सरकारले पञ्चाङ्ग निर्णायक समितिको निर्णयअनुसार तिहा
रमा कात्तिक १०, ११ र १२ गते मात्र विदा दिएको थियो । नेवाः समुदायले आफूहरुको भाइटीका ९किजापूजा० कात्तिक १३ मा विदा दिन माग गरेका थिए । पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।