कपिलवस्तु जिल्लाबाट हालै संचालनमा आएको अनलाईन पत्रिका वाणगंगा अनलाईन बिहिबारदेखि कानुनी रुपमै औपचारीक संचालनमा आएको छ ।
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ८ मा प्रधान कार्यालय रहेको वाणगंगा अनलाईन गत असोज महिनाको अन्तिम साताबाट संचालनमा आएको थियो तर कानुनी रुपमा भने आज देखि सो मान्यता पाएको हो । हाल अनलाईन पत्रकारीता प्रभावकारी रुपमा अगाडि देखिएका बेला जिल्लाबाट वाणगंगा अनलाईन संचालनमा आए सँगै नेपाली पत्रकारीतामा थप प्रभावकारीता आउने अनलाईन संचालक समूहले विश्वास लिएको छ ।
अनलाईन मिडिया संचालन गर्ने तर कानुनी प्रक्रिया विरुद्ध रहेर पत्रकारीता गरिरहेकाहरुलाई चुनौती रहेको अनलाईनका संचालक गणेश पोख्रेलले बताउनुभयो ।
वाणगंगा अनलाईनले अब केहि समयमै एक भव्य र सभ्य कार्यक्रमका बिच यो अनलाईनको उद्धघाटन गर्ने पनि योजना बनाएको छ ।