राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य वाग्ले पार्टीबाट निस्कासित

कात्तिक ७ कपिलवस्तु

राष्टिय जनमोर्चा कपिलवस्तुले आफ्नो पाटिका जिल्ला सदस्य हिमलाल वाग्लेलाई कार्वाही गरेको छ । नेता वाग्लेले विगत केहि समय देखि पार्टीको हित विपरित गएको र राष्टिय जनमोर्चाका निति तथा सिद्धान्त भन्दा आफ्नै एकल शैलीले राजनितिमा देखिएकाले पार्टाको कुनैपनि पदमा नरहने गरी कार्वहि गरीएको जिल्ला अध्यक्ष दधिराम आचार्यले बताउनुभयो ।

जिल्ला समिति कपिलवस्तुका अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा आज बसेको बैठकले संगठनको निति विपरित कार्य गरेको भन्दै नेता वाग्लेलाई निस्कासन गरेको एक विज्ञप्ति मार्फत जनाएको छ । विगत लामो समय देखि राष्टिय जनमोर्चामा कपिलवस्तु जिल्लाबाट राजनितिमा लाग्नुभएका नेता वाग्ले अब पार्टीको कुनै पनि पदमा नरहेको राष्टिय जनमोर्चा कपिलवस्तुले जनाएको छ ।

त्यस्तै सम्पन्न बैठकले कात्तिक महिनाभर जिल्लाका सबै स्थानिय तहहरुमा गणतन्त्र राष्टियता धर्मनिरपेक्षता गणतन्त्रको रक्षाका निम्ति कोणसभाहरु संचान गर्ने पनि जनाएको छ । त्यस्तै आगामी मंसिर २५ गते जिल्लामा आफ्ना नेता कार्यक्रताहरुका बिचमा बृहत अन्र्तक्रिया गर्ने पनि जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...