Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

प्रयास सामाजिक युवा क्लबले चुम्यो वडा कप फुुटबलको उपाधि

राजेन्द्र खनाल असोज २०, कपिलवस्तु

“युवा एकता आजको आवश्यकता” भन्ने मुल नाराको साथ विजय दशमी २०७६ को अवसरमा वाणगंगा नगरपालिका ९ पडरिया स्थित युनाईटेड युथ क्लवले आयोजना गरेको प्रथम टोल स्तरिय नकआटउ फुटबल प्रतियोगिताको उपाधि प्रयास सामाजिक युवा क्लब भर्तापुरले चुमेको छ ।

आज भएको फाईन भिडन्तमा चन्द्र सुर्य युवा क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै प्रयासले उपाधि चुमेको हो । निर्धारित ९० मिनेटमा दुवै तर्फबाट गोल रहित बराबरीको खेल हुदाँ थप गरिएको अतिरिक्त १५ मिनेटको समयमा खेलको ९७ औँ मिनेटमा चन्द्र सुर्यले खेललाई बचाउन सकेन । आफ्नै खेलाडिको बलले जाली चम्दा चन्द्र सूर्य युवा क्लब बर्दहवा उप विजेतामै चित्त बुझाउन बाध्य भएको छ । खेलको अन्तिम समयमा भएको सोहि गोल नै प्रयासका लागि निर्णायक गोल बन्न पुग्यो । यो सँगै प्रयास सामाजिक युवा क्लबले एउटा खसी, ट्रफि र मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी चन्द्र सुर्यका जिवन अधिकारी भए भने उप विजेता भएको चन्द्र सुर्यले एउटा बोका , सिल्ड,मेडलमा चित्त बुझायो । जित सँगै प्रयास सामाजिक युवा क्लबले झण्डै ७ वर्ष पछि वडा कप फुटबलमा एउटा खुसी हात पारेको हो । वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा विजया दशमीको अवसरमा अयोजना हुने फुटबल प्रतियोगिता विगत लामो समय देखिको सवत्र चासोँको प्रतियोगिताको रुपमा हेरीदै आएको छ । आजको फाईनल खेल हेर्न झण्डै एक हजार दर्शक उपस्थित भएका थिए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...