Archives


ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

 कात्तिक ८

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको चौरजहारी नगरपालिकाबाट पुर्तिमकाँडा जाँदै गरेको भे १ च ५१० नं ट्याक्टर दुर्घटना हुँदा सानीभेरी गाउँपालिका९१ का २६ वर्षीय चन्दबहादुर विक चालक र २२ वर्षीय महेन्द्र विकको घटनास्थलमै मृत्यु भएको छ।

बिहीवार बेलुका साढे ७ बजेतिर चौरजहारी नगरपालिका वडा नं। ९ स्थित सानीभेरी गाँउपालिकाको सीमाना क्षेत्र सल्यानी पँधेरा भन्ने स्थानमा ट्रयाक्टर सडकदेखि २० मिटर तल खसेको प्रहरीले बताएको छ।

प्रहरीले दुबै जनाको शव भने रातको साढे ११ बजेतिर मात्रै घटनास्थलबाट उठाएर अस्पताल पुर्‍याएको थियो। राति साढे १० बजे मात्रै दुर्घटनाबारे प्रहरीलाई खवर आएको हुँदा घटनास्थल पुग्न र शव ल्याउन ढिला भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

मदिराले मातेका चालकले चलाएको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। मृतकको शव पोस्टमार्टम आजै गरेर परिवारलाई जिम्मा लगाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...