बिरेन्द्र माबि भ्युडहर सुनपुरलाई ६ लाख नगद सहयोग प्रदान

कात्तिक ९ 

तुलसिपुर उपमहानगरपालिका सस्थापक मेयर शंकर प्रसाद आचार्यले बिरेन्द्र माबि भ्युडहर सुनपुरलाई ६ लाख नगद सहयोग गर्नुभएको छ ।

आचार्यले आफ्ना स्वर्गीय बुवाले तत्कालीन समयमा पश्चिम दाङमा बिद्यालय खोल्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको र आफ्नै परिवारको संरक्षणमा स्थापना भएको बिधालयलाई एक कार्यक्रमकाबीच नगद हस्तान्तरण गर्नुभएको हो ।

समाज सेवि आचार्यले आफ्ना बुवा आमाको सम्झनामा देब अम्बिका स्मृति छात्रवृत्ति अक्षकोष स्थापना गरेर कक्षा १२ मा अध्यन गर्ने बिपन्न,तथा जेहन्दार बिधार्थिहरुको शिक्षामा सहयोग पुर्याउन सो रकम हस्तान्तरण गरेको जानकारी दिनुभएको छ ।

उहाँले एक लाख रुपैया छात्रवृत्ति र पाच लाख रुपैया बिधालयको भौतिक सरचना निर्माणका लागि सहयोग प्राप्त भएको बिधालय ब्यबस्थापन समितिका अध्यक्ष चुडामणिा ढकालले जानकारी दिनुभयो ।

यता बिद्यालयका प्रधानाध्यापक मदन कुमार शर्माले समाजसेवी आचार्यले स्थापना गर्नुभएको अक्षकोषबाट हरेक बर्ष ब्यबस्थापन समितिको निर्णय अनुसार बिधार्थिहरुलाई छात्रवृत्ति प्रदान गरिने बताउनुभयो ।

सामाजिक क्षेत्रमा बिगतका दिनहरुदेखि नै महत्त्वपूर्ण सहयोग गर्दै आउनु भएका आचार्यले शिक्षा,स्वास्थ र समाजमा अति आबश्यक पर्ने स्थानहरुमा आफुले केही सहयोग गर्न पाउँदा जिवनमा छुट्टै आनन्द प्राप्त हुने बताउनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...