२०७८ माघ २८, शुक्रबार ०७:०१

व्यवसायी हत्यामा संलग्न भएको भन्दै पश्चिम नवलपरासी प्रहरीले दुई जना महिलासहित ६ जनालाई पक्राउ गरेको छ । माघ ८ गते कपिलवस्तु शुद्धोधन नगरपालिकाका ३५ वर्षीय विजय चौधरी रामग्राम नगरपालिका- ९ मा मृत अवस्थामा फेला परेका थिए ।

जग्गा किन्नका लागि पश्चिम नवलपरासीको रामग्राम आएका चौधरीलाई रामग्राम नरगपालिका -३ का राजु भनिने मन्जुर आलम देवान र उनको श्रीमती हदिसुन नेसाले आफ्नै घरमा हत्या गरेर २० लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । चौधरीले काठमाडौंमा हार्डवेयर व्यवसाय गर्दै आएका थिए ।

हत्या गरेर भारतको गोरखपुरमा गएर लुकिछिपी बसेका मन्जुर र देवानलाई नवलपरासी प्रहरीको विशेष टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर पक्राउ गरेको हो । चौधरीको हत्या गरेर लुटेको रकम लुकाउन सहयोग गर्ने अन्य चार जनालाई पनि प्रहरीले सार्वजनिक गरेको हो ।

हत्या योजनामा साथ दिएको भन्दै रामग्राम नगरपालिका २ का शारदा देवी केवट, उनका श्रीमान् बसन्त कुमार सहानी, तलत अलि खान र जित बहादुर श्रेष्ठलाई पक्राउ गरेर अदालतमा पेस गरीएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए । जग्गा कारोबारका लागि आउँदा आफ्नै साथीले घरमा लगेर माघ ७ गते चौधरीको हत्या गरेका थिए ।

पैसाको लोभमा परेर चिनजानको साथीको हत्या गरेर नालिमा फालेको र भारतमा गएर अभियुक्त लुकेको सूचना पाएपछि प्रहरीको विशेष टोली परिचालन गरेर पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी मनोज कुमार यादबले बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय