काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङमा अवैध रुपमा चलिरहेका पसलहरुको अनुगमन गर्ने जिम्मा वडा कार्यालयहरुलाई दिएको छ । वडा कार्यालयहरुले अनुगमन गरेर रिपोर्ट दिने र हटाउनका लागि सूचित समेत गर्ने गरी महानरले योजना बनाएको हो । अहिले काठमाडौंको सीमित क्षेत्रमा मात्रै चलिरहेको यस्तो अभियानलाई ३२ वटै वडासम्म विस्तार गर्ने गरी अनुगमन थाल्न महानगरका मेयर बालेन साहले वडाध्यक्षहरुलाई भनेका छन् ।
महानगरका एक अधिकारीका अनुसार वडा कार्यालयले दिएको रिपोर्टअनुसार अवैध संरचना र भूमिगत पार्किङमा चलेका पसलहरु हटाउने महानगरको तयारी छ । वडा कार्यालयहरुलाई पनि यसमा जिम्म्ेवार बनाउने गरी योजना बनेको हो । कतिपय वडाध्यक्षले आफूहरुलाई जानकारी नदिई डोजर चलाएको आपत्ति जनाएका थिए ।