पाल्पा —
पछिल्ला दिनमा इन्धनको मूल्यवृद्धि भएको बताउँदै सार्वजनिक सवारी साधनमा मनपरी भाडा असुल्न थालिएको छ । यहाँका ग्रामीण भेगमा चल्ने सवारी साधनमा कोचाकोच यात्रु राखेर बढी भाडा असुल्ने गरिएको हो । कतिपय सडकको स्तरोन्नति भएका छन् । त्यस्ता सडकमा समेत सवारीधनीले पुरानै भाडादर असुलिरहेका छन् ।
तानसेन बसपार्कबाटै भाडाका सवारी साधनले रिजर्भ जान प्रेरित गर्दै तेब्बर भाडा लिने गरेका छन् । सवारी साधनमा कोचाकोच यात्रु राख्ने र भाडामा समेत दोब्बर असुल्न भने नछाडेको यात्रुको गुनासो छ ।
कालीगण्डकी करिडोर पीपलडाँडा–गेझा सडकका विभिन्न स्थानमा ओर्लने यात्रुले अझ बढी सास्ती खेप्नु परेको गुनासो छ । भुवनपोखरी, छेलुङ, दैलातुङ, दर्पुक, मित्याल, ज्यामिरे, भुवनपोखरी, सिद्देश्वरका यात्रुले समेत राज्यले तोकेको भन्दा तेब्बर बढी भाडा तिर्न बाध्य भएको गुनासो गरेका छन् ।
२०७९ भाद्र १२, आईतवार ११:५६
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech