२०७९ भाद्र १५, बुधबार ११:३४

रुपन्देही भदौ
बुटवलको चौराहादेखि गोलपार्कसम्मको तीन किलोमिटर सडक विस्तारमा ढिलाई हुँदा यात्रुले सास्ती पाउँदै आएका छन् । दैनिक हजारौं सवारी साधन गुड्ने यो सडक समयमा विस्तार नहुँदा वर्षामा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने गरेको छ ।

निर्माण कम्पनीको लापरवाही, राजनीतिक खिचातानी, सडक डिभिजनको कमजोर निगरानी, परियोजनाको अपरिपक्व योजना, खानेपानी संस्थान, विद्युत प्राधिकरण, टेलिकम, स्थानीय घरधनी, विरोध गर्ने संघ–संस्था लगायतका कारण सडक विस्तारमा ढिला भएको सरोकारवाला बताउँछन् ।

सडक डिभिजन कार्यालय बुटवलको बेलहिया–बुटवल सडक परियोजना अन्तर्गत पर्ने यस सडक निर्माणका लागि २०७३ सालमा कञ्चनजंघा विरुवा जेभीलाई ठेक्का दिइएको थियो । ३ वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएको सडकखण्ड सुरुमा ७२ फिट चौडा बाटो विस्तार गरी निर्माण गर्ने सम्झौता भएको थियो ।

सो क्षेत्रका घरधनी तथा सम्बद्ध संघसंस्थाले अदालतमा मुद्दा दायर गरेपछि निर्माण कार्य रोकिएको थियो । सडक विस्तार प्रक्रिया रोकिएका कारण समयमै निर्माण सम्पन्न हुन नसक्दा ठेक्का सम्झौताको म्याद दुई वर्षका लागि थपिएको थियो । तर उक्त समयावधि पनि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय