२०७९ मंसिर २२, बिहीबार ०७:३६

काठमाडौं । एउटा वयस्क मानिसलाई दैनिक औसत सात घण्टाको निन्द्रा आवश्यक पर्छ । रक्सी पिएको मानिस जस्तो थकित हुन्छ, निन्द्रा नपुगेको मान्छे पनि त्यस्तै थकित हुन्छ । ​निन्द्रा नपुगेकै कारण सन् २०१३ मा जर्मनीमा एउटा ठूलो घटना घटेको थियो ।

भएको के थियो भने, जर्मन बैंकका एक कर्मचारी काम गर्दा गर्दै कम्प्युटरको कीबोर्डमा निदाएछन् । त्यसपछि उनको टाउकोले कीबोर्डको अङ्क दबेर बैंकबाट २२२ करोड २२ लाख बढी युरो ट्रान्सफर भयो ।

बैंकले एक अवकाश प्राप्त व्यक्तिलाई ६२।४० युरो ९करिब आठ हजार ६३८ रुपैयाँ० ट्रान्सफर गर्नुपर्ने थियो । तर, बैंकका कर्मचारी कीबोर्डमा निदाउँदा उनको टाउकोले अङ्क २ यति धेरै पटक टाइप भयो कि, ६२ युरो पठाउनुपर्नेमा २२ करोड २२ लाख २२ हजार २२२ युरो २२ सेन्ट ट्रान्सफल भयो । जसलाई नेपाली रुपैयाँमा परिणत गर्दा ३० अर्ब ६६ करोड बढी रुपैयाँ हुन आउँछ ।

त्यसलगतै बैंकले उक्त गल्ती पत्ता लगायो । पैसा ट्रान्सफर गर्ने कर्मचारी बर्खास्तमा परे । उक्त मुद्दा अदालतमा पुगेपछि अदालतले कर्मचारीलाई पुनः काममा बहाल गर्न आदेश दिएको थियो

यो एक प्रतिनिधिमूलक घटना हो । केही अनुसन्धानलाई आधार मान्ने हो भने अहिले विभिन्न बहानामा निन्द्रा नपुर्‍याउने प्रवृत्ति बढिरहेको छ, जसकारण मानिसहरुले ध्यानपूर्वक आफ्नो नियमित काम गर्न सकिरहेका छैनन् ।

अझ विश्वकप फुटबलको समय चलिरहेको बेला किशोर र युवा उमेरका मानिसहरुको निन्द्रामा असर पुगिरहेको छ । यसले उनीहरुको पढाइ र काममा बाधा पुगेको अड्कल गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय