२०७९ मंसिर २४, शनिबार ०८:५१

रूपन्देही,
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनादेशको सम्मान गर्दै नेकपा एमाले प्रतिपक्षमा बस्ने बताएका छन्। सम्पन्न निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने अपेक्षा गरिएको भए पनि सत्तामा रहेका दलहरुले गठबन्धन गरेका कारण अपेक्षा अनुसार निर्वाचनको परिणाम हासिल गर्न नसकेकोले जनादेशको सम्मान गर्दै प्रतिपक्षमा बस्ने बताएका हुन्। शुक्रबार बुटवलमा पत्रकारहरुसँग संक्षिप्त रूपमा बोल्दै पौडेलले निर्वाचनको जनादेश एमाले सरकारमा जान नभई प्रतिपक्षमा बस्ने रहेको बताएका हुन्।

पूर्व–अर्थमन्त्री समेत रहेका नेता पौडेलले एमालेका विरूद्ध सत्तामा रहेका दलहरूले गठबन्धन गरी एमालेलाई किनारमा पार्न खोजे पनि समानुपातिक मतमा सबभन्दा धेरै मतका साथ एमाले दोस्रो ठूलो दल बन्न पुगेको बताए। पौडेलले विगतदेखि नै भन्दै आएको रूपन्देहीलाई पूर्वाधार तथा हरेक क्षेत्रको विकास निर्माणका हिसाबले मुलुककै उत्कृष्ट जिल्ला बनाउने कुरा यसपटक पनि दोहो¥याए। हालै लुम्बिनी प्रदेश सरकारले प्रदेशका मन्त्रालयहरू बुटवलबाट दाङमा लागेकोप्रति टिप्पणी गर्दै पौडेलले बुटवलमा रहेका मन्त्रालयहरू दाङमा पनि अस्थायी संरचनामै लैजानु गलत कार्य भएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय