कपिलवस्तु २७ मंसिर । नेकपा एमालेवाट संघको सामानुपातिकमा थारु कलस्टरमा दोश्रो नम्वरमा परेर पनि सांसद हुन नपाएका कपिलवस्तुका जंजिर प्रसाद थारुले आफू सांसद नवनेपनि अधैर्य नहुने वताउनु भएकोछ। उहाले पार्टीले यसपाली दिएन कुनै वेला कुनै ठाउ देला भनेर बस्न वाध्यछु उहाले भन्नु भएकोछ । थारुले आफूले मेयर हुन खोज्दा पार्टीले अहिले तपाई होइन भन्यो छाडे । समानुपातिकमा नाम गएर दोश्रोम पर्दा सांसद हुन्छु भन्ने लागेको थियो ।
तर हुन पाइन । यस्तै रहेछ अव पार्टीले केहि दिन्न भनेर अर्कैवाटो लाग्ने अधैर्य हुन मन लागेन । त्यसैले फेरी पनि चुनाव आउछ । मेयर सांसद सबै वन्ने ढोका खुला छन्। पार्टी भित्रै लड्छु भनेर मुटुमाथि ढुंगा राखी चुपचाप वसेको छु उहाले प्रेसपाटीको जिज्ञासामा भन्नु भएकोछ ।