काठमाण्डौ – सरकार गठनबारे छलफल गर्न नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएको छ ।
प्रचण्ड सरकार गठनबारे छलफल गर्न पार्टीका नेताद्वय नारायणकाजी श्रेष्ठ र देव गुरुङसहित ओली निवास बालकोट पुग्नुभएको हो । अहिले उहाँहरू छलफलमा हुनुहुन्छ ।
आजै बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएपछि प्रचण्ड बालकोट पुग्नुभएको हो । नेकपा विभाजनपछि प्रचण्ड पहिलो पटक बालकोट पुग्नुभएको हो ।
अहिले एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र जनता समाजवादी पार्टी जसपा का नेताहरूको बैठक बालकोटमा सुरु भएको छ । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ओलीसँग भेट गर्नुभएको थियो ।
२०७९ पुष १०, आईतवार १४:४४
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech