२०७९ पुष १०, आईतवार १५:१३

काठमाण्डौ – नेकपा विभाजनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएको छ ।

नयाँ सरकार गठनको विषयमा सत्ता गठबन्धनमा सहमति नजुटेपछि एमालेसँग छलफलका लागि प्रचण्ड ओली निवास बालकोट पुग्नुभएको हो ।

ओलीले २०७७ पुस ४ गते संसद् विघटन गरेपछि ओली र प्रचण्डबीच सम्बन्ध चिसिएको थियो । तर यस पटक नेपाली कांग्रेसले पहिलो कार्यकाल प्रधानमन्त्री नदिएपछि रिसाएर बालकोट पुग्नुभएका प्रचण्डले ओलीसँग हँसिलो मुद्रामा फोटो खिचाउनुभएको छ ।

 

तस्बिर ‌-ओलीको सचिवालय

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय