२०७९ पुष १६, शनिबार ०७:१५

काठमाण्डौ  कम्बोडियाको एक होटलमा भएको आगलागीमा परि झापा घर भएका निराकार पाण्डेको ज्यान गएको छ । ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा ज्यान गुमाएका १९ जनामध्ये एक जना झापाका पाण्डे रहनुभएका थाइल्यान्डमा रहेको नेपाली दूतावासले जनाएको छ ।

आगलागी भएको ठाउँ कम्बोडिया र थाइल्यान्डको सीमा नजिकै पर्छ । विर्तामोड नगरपालिका वडा नम्बर १ झापाका पाण्डेले ज्यान जानुअघि आफ्नो परिवारसँग भाइवरमार्फत् गर्नुभएको भिडियो कलको रेकर्ड पनि सार्वजनिक भएको छ ।

भिडियो कलमा पाण्डेले आफू होटलको १२औँ तलामा रहेको र अब त्यहाँबाट हामफाल्नुको विकल्प नरहेको बताउनुभएको थियो । उहाँले आफ्नो छोरालाई सम्बोधन गर्दै भन्नुभएको थियो ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यु । जहाँ भए पनि, जसरी बसे पनि बाबाले तिमीलाई सधैँ सम्झनुहुन्छ है, बाबु । आर्मन इज द बेस्ट है सानु ।’

उहाँले छोरालाई कसैलाई ुचिट र फ्रडु नगर्नू पनि भन्नुभएको छ । भवनभित्र धुवाँभरिएपछि उद्धारमा समस्या भएको थियो भने विद्युत् बन्द हुँदा ढोकामा रहेको विद्युतीय प्रणाली बन्द हुँदा मानिसहरु बाहिर निस्कन नसकी झ्यालबाट हाम फालेका थिए । घटनामा झण्डै ५० जना घाइते भएका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय