काठमाडौं । पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल टिकटकमार्फत जुवातास खेल्ने प्रवृत्ति बढेको छ । कानूनले कुनै पनि किसिमका जुवा तथा सट्टेबाजी गर्ने कार्यलाई रोक लगाएपनि टिकटकमा खुलेआम तास खेल्नेहरूको समूह सक्रिय छ ।
टिकटक लाइभमा जुवा खेल्ने, खेलाउने प्रवृत्ति बढेकोबारे राज्य भने बेखबर छ ।हामीलाई त्यस्तो सूचना आइसकेको छैन नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले टेकपानासँगभने, तपाईंहरूले भनेपछि हाम्रो ध्यानाकर्षण भयो । सम्बन्धित विभागलाई तत्कालै यसबारे अनुसन्धान अगाडि बढाउन लगाउँछौं
नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने प्रावधान राखिएको छ ।
धारा १२५ को ९२० को उपदफा ९१० को ९क०मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र ९ख०मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
टिकटकमा कसरी खेलाइन्छ जुवातास ?
टिकटक लाइभमा जुवातास खेल्नेहरूले खेलअनुसारका विभिन्न तरिका अपनाएको देखिन्छ । प्रायः लाइभ होस्ट गर्ने व्यक्तिले सबैभन्दा पहिले आफ्नो फोन नम्बर पठाई सो नम्बरमा खेलका अन्य सहभागीलाई ई(सेवा, खल्तीजस्ता डिजिटल वालेटमा पैसा डिपोजिट गर्न लगाउँछ । यति गरेपछि खेल सुरु हुन्छ ।
खेल्ने मान्छेले जितेको खण्डमा उसको ई(सेवा वा खल्तीमा पठाइदिने आश्वासन दिएर खेलाएको देखिन्छ । साथै विदेशबाट खेल्नेहरूले डलर वा क्वाइनको प्रयोग गर्ने गर्छन् । जुवा खेलाउन यस्ता व्यक्ति रातभरसमेत सक्रिय हुने गरेको पाइएको छ ।