२०७९ फाल्गुन ५, शुक्रबार ०६:५८

दाङ। दाङमा ग्याँस सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । तुलसीपुर –१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन् ।

बिहीबार विहान साढे ८ बजेको समयमा खाना पकाउने क्रममा ग्याँस लिक हुँदा सिलिण्डर पड्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए । प्रहरी निरीक्षक केसीका अनुसार घाइते केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको छ ।

घाइतेमध्ये केसीको राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ। घाइते केसीको अवस्था गम्भीर भएको र खनालको अवस्था माध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय