चितवन, -चितवनबाट ५३ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गएराति राप्ती नगरपालिका–१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथर जाँदै गरेको वा ३ च २५०४ नम्बरको गाडीमा लैजाँदै गरेको गाँजा बरामद गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।