२०७९ फाल्गुन २३, मंगलवार ०७:३०

बुटवल। सोमबार उल्लासमय वातावरणमा होली पर्व मनाइँदैछ । होली हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन हिमाली र पहाडी जिल्लामा मनाउने प्रचलन रहेको छ । त्यसको दोस्रो दिन तराईमा होली मनाउने प्रचलन रहेको छ । यो वर्ष फागुन २२ गत महाडमा तथा फागुन २३ गते तराईमा होली मनाइँदै छ ।

यस दिनमा आफन्त तथा मन मिलेका साथी बीच प्राकृतिक रूपको अबिर तथा पानीको पिच्कारी एक आपसमा छ्यापाछ्याप गरिन्छ । होली गीतमा खुलेर हास्ने र रङ छ्यापाछ्याप गरेर मन साट्ने हुँदा यस पर्वलाई युवाले नेपाली ‘भ्यालेन्टाइन्स डे’ सप्ताहका रूपमा पनि लिने गरेका छन् । कतिपयले यस दिनलाई बिग्रिएको सम्बन्ध सुधार्ने अवसरका रूपमा पनि सदुपयोग गर्छन् ।

भगवान् विष्णुभक्त प्रल्हादलाई मार्न विष्णुका विरोधी दुष्ट हिरण्यकश्यपुले होलिकाको काखमा राखेर आगोमा होम्दा होलिका मरेकी तर प्रल्हाद जीवित रहेको पौराणिक कथन यो पर्वसँग जोडिएको छ । होली सुरु भएको सङ्केतका रूपमा एक साताअघि नै वसन्तपुर गद्दी बैठकको दक्षिण पटाङ्गिनीमा चीर ठड्याइएको थियो ।

रङ खेल्दा के गर्ने रु के नगर्ने ?

यो पर्व मनाउँदा आफ्नो छाला तथा कपाललाई सुरक्षित राख्नुपर्ने छाला रोग विशेषज्ञहरूको भनाई छ । छाला रोग विशेषज्ञ धर्मेन्द्र कर्ण भन्छन्, “होली खेल्नुअघि सम्पूर्ण शरीरमा राम्ररी लोसन वा मोइस्चराइजर लगाउनुपर्छ । यो काम होली खेल्नुभन्दा कम्तीमा एक घण्टा अगाडि गर्नुपर्छ ।” त्यसपछि होली खेल्नु १० मिनेटअघि लोसन वा मोइस्चराइजरको प्रयोग गरेर मात्र खेल्नुपर्छ ।

यसैगरी केमिकल्सयुक्त रङबाट बच्न छालामा नरिवल वा तोरीको तेलको प्रयोग गर्न सकिन्छ । होलीमा रङ खेल्नुअघि अनुहार तथा हातखुट्टामा तिलको तेल प्रयोग गर्न सकिन्छ । यसले छालालाई सुरक्षा प्रदान गर्छ र छालामा रङ बस्न दिँदैन ।

होलीमा रङ खेल्दा अनुहारमा रङ लाग्ने गर्दछ । यस्तो रङ पखाल्नका लागि छालामा साबुनको प्रयोग गर्न नहुने कर्णले जानकारी दिए । उनका अनुसार, रङ निकाल्न छाला बेस्सरी रगड्नु हुँदैन । रङ गएन भने आत्तिएर छालामा विभिन्न किसिमका सामग्री प्रयोग गर्न नहुने उनको सुुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय