कपिलवस्तु-
अहिले स्वास्थ्य संस्थाहरुमा विरामीको चाप बढेको छ तर कपिलवस्तुको शिवराज नगरपालिकामा औषधी आभव भएको छ । नगरपालिकामा सिटामोल लगायतका औषधी आभाव भएको हो । ज्वरो निको पार्नका लागि महत्वपुर्ण मानिएको सिटामोल औषधी नगरपालिकाको स्वास्थ्य संस्थामा आभाव भएको हो ।नेपाल सरकारले निशुल्क गरेको सिटामोल शिवराजमा नहुदाँ विरामीहरु निजि स्वास्थ्य क्लीनिकबाट खरिद गर्न बध्य भएका छन । बालबालिकाले प्रयोग गर्ने सिटामोला (झोल) लगायत औषधी शिवराज नगरपालिकाको स्वास्थ्य संस्थामा नहुदाँ विरामीहरु निजि क्लीनिकमा खरिद गर्न बध्य भएका हुन ।नेकपा माओवादी केन्द्र शिवराज नगरका कार्यावहाक अध्यक्ष चिन्ता परियारले नागरिकको स्वास्थ्य माथि खेलवाड गरिनु गलत भएको बताउनुभयो । यथासिघ्र औषधी खरिद गरी सेवा प्रवाह गर्नु पर्ने कार्यवहाक अध्यक्ष परियारले भनाई रहेको छ ।
शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले औषधी खरिद प्रक्रिया अघी बढेको बताउनुभयो । औषधी खरिदको टेन्डर निस्कासन भएकोले केही दिनमा आवश्यक औषधी खरिद गर्ने प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।