२०८० जेष्ठ ११, बिहीबार १३:२९

कपिलवस्तु

ओम लुम्बिनी भिजन आंखा उपचार केन्द्रले २ सय ५ जनाको निशुल्का आंखा जांच गरेको छ । कपिलबस्तु जेसिज को सहकार्यमा संचालन गरिएको शिविरमा निशुल्क आंखा चेकजांच एवं आवश्यक विरामीलाई औषधी समेत वितरण गरिएको हो ।

यस्त रिफर भएर आएका विरामीको समेत निशुल्क चेकजांच सहित चश्मा वितरण, फ्रेममा छुट र मोतिया विन्द्र भएका विरामीलाई उपचारमा छुट दिने आंखा उपचार केन्द्रका सिईओ दृष्टि विशेषज्ञ अभिषेक पाण्डेले प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय