२०८० असार ३१, आईतवार १५:३९

काठमाडौं – नेपाल आयल निगमले आज असार ३१ गते देखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लगाउने भएको छ । प्रभावकारी रुपमा कार्यान्वयनमा आउन नसकेको स्वचालित मूल्य आजबाट पूर्ण रुपमा कार्यान्वयन गर्न लागिएको हो । स्वचालित मूल्य भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासमा समेत स्वचालित मूल्य लागु गरिने निगमले जनाएको छ ।

यसअघि सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागु गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । तर साउन महिनादेखि पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने निगमले जनाएको छ । यसअघि पूर्ण रुपमा मूल्य घट्दा नघटाउने र बढ्दा मात्र बढाउने गर्दा प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय