रुपन्देही,
रुपन्देहीको बेलहिया नाका हुँदै निर्यात बढेको छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आव २०७९/०८० मा ३८ दशमलव ८ प्रतिशतले निर्यात बृद्धि भएको हो ।
भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार, अघिल्लो आवमा ७ अर्ब ८९ करोड २३ लाख ५४ हजार रुपैयाँ मूल्यको विभिन्न नेपाली बस्तु बिदेश निकासी भएकोमा २०७९–०८० मा यो निकासी बढेर १० अर्ब ९५ करोड ७६ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।
भन्सार प्रमुख मनिराम पौडेलले निर्यात बृद्धि हुनु सकारात्मक भएको बताए । सेन्थेटिक यार्न, खजुरको प्रशोधित तेल, खोटो रोजीन, पिना, चोकर भुस लगायतका बस्तु बेलहिया नाका हुँदै निर्यात हुने गरेको छ ।