२०८० श्रावण २०, शनिबार २२:०९

काठमाण्डौ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ। भारतीय प्रधानमन्त्री मोदीले आज बेलुका प्रचण्डलाई टेलिफोन गर्नुभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

कुराकानीमा प्रचण्ड र मोदीले नेपाल–भारत द्विपक्षीय सहयोगका विभिन्न पक्षको समीक्षा गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा भएको सम्झौता र समझदारीलाई कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको छ ।

भारतले अघि सारेको ‘छिमके पहिले’ नीति अनुसार नेपाल भारतको नजिकको सहयोगी र साझेदार रहेको मोदीले बताउनुभएको छ । यो टेलिफोन वार्ताले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय