२०८० भाद्र ९, शनिबार ०७:२४

कपिलवस्तु — दुई वटा ट्रकमा भारतबाट तस्करी गरी ल्याइएको ६४ बोरा चिनी प्रहरीले शुक्रबार बरामद गरेको छ । तौलिहवा–गोरुसिंगे सडकअन्तर्गत बुद्धभूमि नगरपालिका–१०, रामघाट पुलनजिकै रोकिइराखेको ट्रक चेक गर्दा दुई रंग र नम्बर फेला परेको थियो । प्रहरीले ट्रकको अगाडि रातो नम्बर प्लेटमा लु १ क ५४५२ र पछाडि कालो नम्बर प्लेटमा लु २ ख ५४८६ नम्बरको प्लेट फेला पारेको थियो ।त्यसपछि ट्रक चेक गर्दा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताइन् । भारतबाट अवैध रूपमा भित्र्याइएको चिनी अर्घाखाँची लैजाने क्रममा एउटै गाडीको दुई वटा नम्बर प्लेट राखी तस्करी गरेको पाइएको हो ।

गोप्य सूचनाका आधारमा तस्करी गरी भित्र्याइएको चिनी र गाडी बरामद भएको बोहोराले बताइन् ।बरामद ६४ बोरा चिनी र मिनी ट्रकसहित नियन्त्रणमा लिई बसुठौली भन्सार कार्यालय बुझाइएको प्रहरी निरीक्षक बोहराले बताइन् । त्यस्तै भदौ ५ गते कपिलवस्तुका विभिन्न ३ स्थानमा २ लाख ३० हजार बढीका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय