२०८० भाद्र १३, बुधबार ०७:०८

कपिलवस्तु नारायण पाण्डे

बिद्युत बक्यौता र चुहावट बढदै गए पछि नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रले चुहावट नियन्त्रण तथा बक्यौता असुली अभियान चलाएको छ । प्राधिकरणको प्रदेशिक कार्यालय बुटवल र तौलिहवा बितरण केन्द्रले आईतवार देखि संयुक्त अभियान संचालन गरेको हो । बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रले बक्यौता रकम बढदै गएको र महसुल तिर्न ग्राहले आनकानी गरे पछि लाईन काटने अभियान नै चलाएको हो । ६० दिन भन्दा बढी समय देखि बिद्युत महसुल नबुझाउनेको लाईन काटिएको हो । पटक पटक सुचना निकाल्दा र ताकेता गर्दा पनि सुनुवाई नभए पछि आफुहरुले लाईन काटने अभियान चलाएको प्राधिकरण तौलिहवा बितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताए ।

बिद्युत बक्यौता रहेका प्रतिष्ठित ब्यक्ति, सरकारी कार्यालय गाउपालिका स्वास्थ्य चौकी लगायतका पुराना तथा बढी बक्यौता रहेकाहरुको धमाधम लाईन काटन सुरु गरेको प्राधिकरण तौलिहवा बितरण केन्द्रका प्रमुख राजेश कुमार झाँले बताए । । आईतावार टोलीले सुद्धोदन गाउपालिका र मायादेबी गाउपालिकाका बक्यौता नबुझाएका २० बढी प्रतिस्ठित ब्यक्तिहरुको लाईन काटेको थियो ।

तिनीहरुले १५ लाख बढीको बक्यौता तिर्न बाकी छ । उनीहरुले कुल ९७ लाख बढी बक्यौता तिर्न बाकी छ । लाईन काटेको धेरै दिन सम्म पनि बिद्युत नतिर्ने ग्राहकको ३ पुस्ते बिवरण सहीत कालो पाटीमा समेत राख्ने तयारी गरिएको प्राधिकरणका प्रमुख झाले बताए । कृष्णगनर बितरण केन्द्रमा मात्र ३० करोड बढी बक्यौता उठन बाकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय