२०८० भाद्र १४, बिहीबार १४:२३

गुल्मी– गुल्मी अस्पतालमा मंगलबार उपचारका क्रममा ६ वर्षीया बालिका मृत्युको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । छानबिन समितिको संयोजकमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा छानबिन समिति गठन गरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।समितिको सदस्यमा अर्घाखाँची छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ, श्रृङ्गा स्वास्थ्य चौकीका प्रमुख डक्टर विवेक खनाल, रेसुङ्गा नगरपालिकाका अधिकृत विनोद मरासिनी र प्रहरी निरीक्षक किरण सापकोटा रहेका छन् । समितिले बुधबारबाट छानबिनको सुरु गरेको छ ।

बालिकाको शवलाई पोस्टमार्टम गर्नका लागि श्रृङ्गा स्वास्थ्य चौकीका प्रमुख डक्टर विवेक खनालबाट गराएको छ । समितिले छानबिन गरेर केही दिनभित्रमै प्रतिवेदन तयार गरेर सार्वजनिक गरिने सहायक प्रजिअ गैरेले बताए ।मरासिनीका आफन्तजनहरूले अस्पतालको लापरबाहीका कारण ज्यान गएको बताएका छन् । प्रशंसालाई पेट दुख्ने, वान्ता हुने लगायतका समस्या भई गुल्मी अस्पताल तम्घास उपचार गरिएको थियो ।

बेलुकी भनाइ भई उपचार गरिएकामा मंगलबार बिहान मृत्यु भएको गुल्मी अस्पतालका अस्पताल व्यवस्थापन अधिकृत असिम चौधरीले जारी गरेको विज्ञप्तिमा छ ।बालिकाको मृत्यु अस्पतालको लापर्बाहीका कारणले भएको भन्दै पीडित पक्षले शव नउठाएपछि दिनभर अस्पतालमा तनावग्रस्त बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय